देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली याक्सले टस जितेर चितवन राइनोजलाई दियाे ब्याटिङकाे निम्ता

देशान्तर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले टस जितेर चितवन राइनोजलाई ब्याटिङका लागि निम्ता दिएकाे छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा कर्णालीले टस जितेर बलिंग राेजेकाे हाे ।

चितवनले पहिलो दुवै खेल जितेको छ भने कर्णालीले पहिलो दुवै खेल हारेको छ । चितवनले यसअघिका खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो ।

याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो । कर्णालीले भुवन कार्कीको स्थानमा युनिस विक्रमसिंह ठकुरी र बाबर हायतको स्थानमा विलियम बोसिस्टोलाई खेलाएको छ ।

चितवनले हसन एइसाखिलको स्थानमा यान निकोलास लफ्टी इटोनलाई खेलाएको छ ।