देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीमा १२२३ पदका निम्ति खुल्याे जागिर (सूचनासहित)

देशान्तर

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।