देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

देशान्तर

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।
जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । कप्तान अनिल शाहले अर्धशतक पुरा गर्दै अविजित ६२ रनको योगदान गरे ।

अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै आसिफ शेखले २९ बल खेल्दै २ चौका र २ छक्का हान्दै ३६ रन जोडे । लाहिरु मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे ।