काठमाडौ । प्रदेशमा रहदा होस या घरदेश आएका बेला नेपाली गीत संगीतबारे मनमा लागेका कुरा फ्याट्ट भन्ने गीतकार तथा निर्माता समेत रहेका तिलु शर्मा पौडेलले निर्माण गरेको “फ्याट्ट पोइल” गीतको भिडियोमा सार्बजनिक भएको छ ।
बाबा इन्टरटेन्मेन्ट टिभी मार्फत सार्वजनिक भएको पञ्चेबाजा रत्यौली फ्याट्ट पोइल गीतका शब्द प्रवेश पौडेलले लेखेका हुन् भने सङ्गीत पनि उनैले भरेका छन् l पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटि र पौडेलको स्वरमा सजिएको गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेका हुन् l
स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहलि र सम्झना थापा छेत्रीको अभिनय रहेको भिडियोमा गायिका डल्लाकोटि दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन् l प्रेम नवराज उप्रेतीले खिचेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् ।
गॉउमा रोधीमा जितेर मन परेकी युवती भगाउने एक प्रकारको चलन नै छ । विवाहमा होस या कसैको जन्ति जादॉ पनि मन परेका युवायुवतीले दोहोरी गाउने रमाइलो नाचगान गर्ने र मन परे भागेर जाने एक प्रकारको परम्परा जस्तो नै रहेको छ । विवाहमा सरिक युवाहरूले नाचगान र रमाइलो गर्दा गर्दै मन परेकी युवति भगाएर लगेको कथालाई निर्देशक प्रविन थापाले कलात्मक रूपमा “फ्याट्ट पोइल” गीतको भिडियोमा समावेश गरेका छन् ।
प्रतिक्रिया