काठमाडौं । गायक गोविन्द मधुर आचार्य र लोकप्रिय गायिका शान्तिश्री परियारको आवाजमा रहेको नयाँ गीत “निरिमयाको“सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक ऋषि खड्काले संगीत भरेका छन् भने गीतकार तथा संचारकर्मी किस्ना आचार्य रोशनीको शब्द रचना रहेको छ । यस अगाडि पनि रोशनीले लेखेका अरु थुप्रै गीतहरू सांगीतिक बजारमा सार्वजनिक भएका छन् ।
विगत लामो समयदेखि गीत लेखन र संचार क्षेत्रमा सक्रिय रोशनीको योे टिमसंग भने यो पहिलो सहकार्य हो । गीतको म्युजिक भिडियोलाई निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन रहेको गीतको भिडियोमा मोडल विमल अधिकारी र साया भन्डारी देखिएका छ्न् । उक्त गीत तपस्या इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको कथा प्रेम वियोगमा छटपटाइरहेको आफ्नो एउटा असल साथीलाई केटी साथीले सम्झाएको रहेको छ ।
प्रतिक्रिया