देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनपीएल सोचेभन्दा बढी चर्चित

देशान्तर


काठमाडौं । नेपाली खेलकुद जगत्को मानक र नेपाली क्रिकेटको महाकुम्भको रूपमा हेरिएको नेपाल प्रिमियर लिग एनपीएल शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दा राखेपका सदस्यसचिवको पनि उपस्थिति रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी अनावरण गरेको एनपीएलको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने प्रचार गरिएको थियो । तर, राष्ट्रपति नजाँदा खेलकुदमन्त्रीले उद्घाटन गरे ।
८ वटा फ्रेन्चाइज क्रिकेट टिमले सहभागिता जनाएको यस प्रतियोगिता स्टार स्पोटर््सले प्रत्यक्ष प्रसारण गर्दा विश्वस्तरमा पुगेको छ ।
विश्वव्यापी रूपमा चर्चा बटुलेको एनपीएलको आयोजना हुँदै गर्दा नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरूले खुसी मान्दै सन्तोषको श्वास र नेपाली क्रिकेटका सम्बन्धमा उनीहरूले देखेको सपना एनपीएलमार्फत पूरा हुने देखिएको छ । यसको महत्व खेलमा मात्र सीमित छैन बरू नेपाली पर्यटन, नेपाली समाज र समग्रमा नेपाली अर्थतन्त्रका बारेमा विश्वले नयाँ ढंगले सोच्न बाध्यात्मक अवस्थाको समेत निर्माण गरेको छ ।
प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै एनपीएलले नेपालको पर्यटन प्रवद्र्धन र युवा प्रतिभालाई उजागर गर्ने बताएका थिए । एनपीएल क्रिकेटको मात्र नभएर नेपाली खेलकुदको कोशेढुंगा बन्ने उनको बुझाइ छ । यसले नेपाली खेलाडीका लागि व्यावसायिक ढोकासमेत खोलेको छ ।


सरकारले एनपीएललाई सक्दो सहयोग र प्रोत्साहन गर्ने घोषणा गरेको छ । यसबाट के बुझिन्छ भने राज्यले नेपाली खेलकुदलाई विगतमा जे जसरी लिएको थियो त्यसमा परिवर्तन आएको छ । अर्थात् अब नेपाली खेलकुदलाई सरकारको पूर्ण समर्थन र साथ रहने देखिन्छ । सरकार खेलाडीको साथमा छ । र उनीहरूसँगै होस्टेमा हैँसे गर्न चाहन्छ । सरकारको साथ पाउने कुराले क्रिकेट खेलाडी र यसका लगानीकर्ता हौसिएका छन् । एनपीएलमा साझेदार रहेका सरकारी तथा निजी क्षेत्र उत्साहित छन् । एनपीएलमा निजी क्षेत्रले गच्छेअनुसारको साथ दिएको छ । आगामी दिनमा पनि उनीहरू क्रिकेटलाई मात्र होइन् समग्र नेपाली खेलकुदको विकासमा मद्दत गर्न तयार छन् । क्रिकेट अबको पुस्ताको सपना र गौरवको विषय हो । एनपीएलका माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थपिएको छ । एनपीएलले नेपाली खेलाडीका लागि व्यावसायिक ढोका खोलेको छ । हिजोसम्म खेलाडीले घरको लगानीमा खेल्दै आएका थिए । पारिश्रमिक पाउने त टाढाको कुरा उनीहरूलाई खेल सामग्रीको अभावले पनि सधैँ पिरोल्ने गरेको थियो । क्रिकेट खेल्न ब्याट अभाव हुँदा उनीहरू गाउँघरमा दाउराको ब्याट बनाएर खेल्ने गर्दथे । बल किन्ने पैसो नहुँदा मोजाको डल्लो बनाएर खेलेको इतिहास हाम्रै अघिल्तिर छ । क्रिकेटको पहिलो र दोस्रो पुस्ता यो अवस्थासँग परिचित छ । हिजोको अवस्थामा अहिले निकै परिवर्तन आएको छ ।

एनपीएलले नेपालको क्रिकेट खेलाडीका आर्थिक अवस्थामा सुधार ल्याउने पक्कापक्की छ । सुरुआतमै एनपीएलमा सहभागी खेलाडीले राम्रो पारिश्रमिक पाउनुले पनि यो कुराले पुष्टि गर्दछ । प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने भएका छन् । तीन वर्षका लागि उनीहरूले रु ६० लाख पाउने निश्चित भएको छ । एनपीएलले खेलाडीका लागि विदेशमा बढीभन्दा बढी पारिश्रमिकमा विदेशी लिग खेल्ने वातावरण बनाउने अवसर मिल्नेछ । एनपीएलको प्रदर्शनबाट नेपाली क्रिकेट खेलाडीलाई विदेशी लिग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ । एनपीएल नेपालको क्रिकेटलाई विश्वमा चिनाउने माध्यम बनेको छ । यसले नाम मात्रका लागि होइन साँच्चिकै विश्वको ध्यान तान्नेछ । एनपीएलका कारण नेपालको खेल पर्यटनलाई मद्दत पुग्नेछ । सारा विश्वले नेपालको क्रिकेटबारे जान्ने बुझ्ने अवसर प्रदान प्राप्त गर्नेछन् । एनपीएलको सफल आयोजनाले नेपाली भूमि अरू देशका झैँ ठुल्ठूला लिग तथा प्रतियोगिता खेल्ने भूमि बन्नेछ । अरू देशले पनि नेपालमा प्रतियोगिता आयोजना गराउन सक्नेछन् ।


एनपीएलको ट्रफीमा सगरमाथा आधारशिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याउनु भएको हो । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन ट्रफीमा उक्त ढुंगा राखिएको आयोजकको भनाइ छ । निश्चित रूपमा ट्रफीका माध्यमबाट पनि यसको विश्वभर सकारात्मक सन्देश जानेछ । सारा विश्व जलवायु परिवर्तनको चपेटामा छ । यसबाट नेपाल झन् धेरै प्रभावित बनेको छ । सगरमाथा आधारशिविरको ढुंगा एनपीएलको ट्रफीमा राखिनुले अझ खास महत्व राख्नेछ । यसले खेलका माध्यमबाट जलवायु परिवर्तनबाट परेको असरबारे नेपाल कति चिन्तित र संवेदनशील छ भन्ने सन्देश दिन पुगको छ । यसले हिउँ पग्लिएर काला चट्टान हुँदै गरेको अवस्थालाई विश्वसामु उजागर गर्नेछ ।

एनपीएलले विदेशी खेलाडीसितको सम्बन्ध बढाएको छ । उनीहरूसित यहाँका खेलाडी राम्रोसँग घुलमिल गर्न पाउनेछन् । एकसाथ खेल्दा विश्वमै चिनिएका ती खेलाडीको खेल नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्नेछ । यसपटक एनपीएलले सारा विश्वको ध्यान आकर्षित गरेको छ । एनपीएलमा विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता अझ विशेष बनेको छ । यसबाट नेपालको क्रिकेटबारे विश्वभर सकारात्मक सन्देश गएको छ । एनपीएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ । 
एनपीएलले विश्वका अरू देशका ठूलाठूला लिग प्रतियोगिता खेल्ने अवसर सिर्जना गर्नेछ । एनपीएलमा गरेको प्रदर्शनकै कारण नेपाली खेलाडी विदेशका चल्तीका लिगमा स्थान बनाउन सक्ने अवस्था देखिएको छ । आईपीएलपछिको दोस्रो ठूलो लिगका रूपमा एनपीएललाई हेरिएको छ । त्यसैले विश्वको ध्यान यतातर्फ गएको छ । 
नेपाली खेलकुदका समर्थक तथा प्रशंसकले विश्वको जुनसुकै कुनाबाट पनि एनपीएल प्रत्यक्षरूपमा हेर्न सक्नेछन् । चर्चित स्पोर्टस् टेलिभिजन ‘स्टार स्पोर्ट्स’ले प्रतियोगिताका सबै ३२ खेलको प्रत्यक्ष प्रसारण गर्दैछ । नेपालमा विगतमा पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी २० लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिएका थिए । तर पहिलो संस्करणको एनपीएल भने हालसम्मकै ठूलो प्रतियोगिता हो । खेलाडीहरूका लागि एनपीएलले विशेष महत्व राखेको छ । 

क्यानले यसपटकको एनपीएललाई लगानी वर्षको रूपमा लिएको छ । एनपीएलका माध्यमबाट कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति भएको छ । डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ ।
एनपीएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो । क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरूप एनपीएलका लागि यस वर्ष उसले रु २० करोड प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो । सिद्धार्थ बैंकको प्रायोजनपछि अरू निजी क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको छ । क्रिकेटले पाएको सहयोग विस्तारै अन्य खेलले पनि पाउने सम्भावना बढेर गएको छ । यो नेपाली खेलकुदका लागि सबैभन्दा सुखद पक्ष हो । यसबाट नेपालका खेलाडी, प्रशिक्षक, विभिन्न खेलसँग आबद्ध संघसंस्था र खेलप्रेमी उत्साहित भएका छन् ।

जनकपुरको विजयी सुरुआत
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर वोल्सले विजयी सुरुआत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै जनकपुरले विजयी सुरुआत गरेको हो । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.२ ओभरमा लक्ष्य पूरा ग¥यो । जनकपुरको जितमा लाहिरु मिलानथाले सर्वाधिक ७५ रनको पारी खेले। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै हर्ष थाकेर २९ रन अविजित रहे । त्यसअघि ओपनर अनिल शाहले पाँच रन बनाउँदा अर्का ओपनर आशिफ शेख शून्य रनमा आउट भए ।

विराटनगरका लागि प्रतिश जीसी र क्रिस सोलले समान एक एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । विराटनगरका लागि माटिन गुपटेल सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा ७ चौका र १ छकका प्रहार गरे । लोकेश बम ५ रन बनाउँदै आउट भएका थिए । त्यस्तै, अकिब इलयास १५ र निकोलस किर्तोन ९, बसिर अहमद ७, सन्दीप ७ प्रतिश जीसी २ रन बनाएर आउट भए ।
जनकपुरको लागि ललित राजवंशीले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २–२ विकेट लिए । मोहमद मोहिसनले १ विकेट लिए ।