काठमाडौं । सरकारले शान्ति सुरक्षाको जिम्मेवारी पाएका दुई निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गर्ने तयारी गरिरहेको छ । आफ्ना निकटलाई माथिल्लो तहमा बढुवा गर्नकै लागि शक्ति केन्द्र लागिपरेको रूपमा सुरक्षा मामिलाका जानकारहरूले यस प्रकरणलाई लिएका छन् । सशस्त्र प्रहरीमा दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र नेपाल प्रहरीमा तीन अतिरिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने योजना गरी काम अघि बढेको बुझिएको छ ।
सशस्त्र प्रहरीमा डीआईजी किशोर प्रधान र गणेश ठाडामगरलाई बढुवा गर्न र नेपाल प्रहरीमा दुर्गासिंह चन्द्र, भरत बोहोरा र कुवेर कडायतलाई बढुवा गर्नकै लागि दरबन्दी थप गर्नका प्रहरी प्रधान कार्यालयले प्रस्ताव गृह मन्त्रालय हुँदै अहिले अर्थ मन्त्रालयमा पुगेको छ । तर दरबन्दी थप गर्दा आर्थिक भार पर्ने भन्दै अर्थ मन्त्रालयले सहमति भने दिएको छैन ।
नेपाल प्रहरीमा ३ डीआईजीको दरबन्दी थप गरेर डीआईजीको संख्या ३० पु¥याउने उद्देश्य रहेको छ । अहिले पनि नेपाल प्रहरीमा जनपदतर्फ २० र प्राविधिकतर्फ ७ गरी २७ डीआईजी पदहरू रहेका छन् । त्यसमा तीन वटा दरबन्दी थप गरिनेछ । ट्राफिक, लागूऔषध र विमानस्थल सुरक्षा गार्डको लागि तीन वटा दरवन्दी थप गर्नुपर्ने आवश्यकता रहेको प्रस्तावमा उल्लेख छ ।
त्यस्तै, अहिले नेपाल प्रहरीमा ८ वटा पद रिक्त छन्, जुनमा तीन वटा पद थपेर कुल ११ वटा पदमा एकैपटक डीईआजी बढुवा सिफारिस तयारी गरिएको हो । ३ वटा पद थप गर्नकै लागि पहिला नै खाली भएका ८ डीआईजी पदमा बढुवा प्रक्रिया नै रोकिएको छ ।
अर्याललाई घेराबन्दी गर्ने प्रयास
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल हाल दुई एआईजीहरू सीपी गौतम र वंशी दाहालका साथै डीआईजी अञ्जनीकुमार पोखरेलको घेराबन्दीमा परेको बताउने गरिएको छ ।
तीन जना अधिकारीले आईजीपी अर्याललाई कमजोर बनाउने उद्देश्यले सचिवालयमा आफ्ना मान्छे ल्याउने, गोप्य सूचना लिक गर्ने र शक्ति केन्द्रसम्म पु¥याउनेजस्ता कार्यका कारण आईजीपीको कामलाई अप्ठ्यारो बनाउने गरेका उनी निकट स्रोतले देशान्तरलाई बताएको छ ।
संगठनमा दुई एआईजीको दरबन्दी रहेको अवस्थामा दाहालले राजनीतिक प्रभावमा परेर तेस्रो एआईजी पद सिर्जना गराएर आफू एआईजी भएका थिए भने अहिले उनी गौतमसँग मिलेर आईजीपीलाई नै वाइपास गर्न सक्रिय रहेको बुझिएको छ ।
डीआईजी अञ्जनीकुमार पोखरेलले एमाले महासचिव शंकर पोखरेलसँग नजिक हुने प्रयास गरिरहँदा, माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा समेत सूचना पु¥याउने आरोप लाग्ने गरेको छ ।
यस्तो अवस्थामा संगठनभित्रैका उच्च अधिकारीहरूले आईजीपीलाई कमजोर बनाउने प्रयास गर्दा सशस्त्र प्रहरीको कार्यक्षमता अझ कमजोर भइरहेको छ ।
यसैगरी, एआईजी वंशी दाहालको भूमिका पनि विवादास्पद बनेको छ । एसपी हुँदा महिला प्रहरीमाथि यौन दुव्र्यवहारको आरोप खेपेका दाहालले सशस्त्र प्रहरी ऐनको फाइदा उठाएर आफूलाई आईजीपी बनाउन खेलिरहेको आरोप पनि उनी लागिरहेको छ । सशस्त्र प्रहरी संगठनभित्र अहिले देखिएको यो संकटले संगठनभित्रैको एकता र कार्यक्षमतामा भने गहिरो प्रभाव पारेको छ ।
प्रतिक्रिया