काठमाडौं । सत्तासाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीचको छलफलपछि उक्त विषयलाई अन्तिम रूप दिइएको हाे ।
एमाले–कांग्रेसले नेपालमा बीआरआई सम्झौता र कार्यान्वयनका विषयमा सहमतिमा पुग्न एक कार्यदल गठन गरेका थिए । दुवै पार्टीका नेता सम्मिलित उक्त कार्यदलले बीआरआईबारे ‘ड्राफ्ट’ तयार गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यदलले तयार पारेको ड्राफ्टलाई ‘फाइनल’ रूप दिएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले कार्यदललाई धन्यवाद व्यक्त गरेका थिए । दुई दलबीच भएको सहमतिको खाका भने तत्काल सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया