काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ । ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति हृदयघातका कारण निधन भएको हो ।
ज्ञवालीले दुई कार्यकाल नेपाल शिक्षक संघको नेतृत्व गरेका थिए । गुल्मी स्थायी घर भएका ज्ञवाली विसं २०५३ देखि २०५७ सम्म शिक्षक संघ कास्कीको जिल्ला अध्यक्ष थिए । विसं २०५७ देखि २०६१ सम्म शिक्षक संघको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएका थिए ।
ज्ञवाली नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनको शवलाई अहिले नेपाल शिक्षक संघको केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
उनको आजै हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
प्रतिक्रिया