देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

देशान्तर

काठमाडौं । कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिल र अधिकारीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।

त्रिपाठीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय बदर गरी पक्राउ र मुद्दा चलाउन अन्तरिम आदेश समेत माग गरेका छन् । उनको रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन । सर्वोच्च प्रशासनले रिट दरपिठ गरे दरपिठविरुद्ध निवेदन लिएर इजलास जाने त्रिपाठीको तयारी छ ।