काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरमा फोर्स गाडी दुर्घटना भएको हो ।
गाडीमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा गाउँपालिकाकै वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ । ५२ वर्षका बस्नेत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
दुर्घटनामा परेर मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । गाडीमा ८ जना सवार रहेकोमा ३ जना घाइतेको उद्धार गरिएको छ
प्रतिक्रिया