देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आना निर्देशित ‘सुन र पानी ’ एनएचआरआईएफएफमा छनौट

देशान्तर


काठमाडौं । आगामी मङ्सिर २४ देखि २७ सम्म चल्ने बाह्रौँ संस्करणको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २०२४ मा फ्रान्सेली नागरिक आना डुलुस निर्देशित नेपाली छोटो चलचित्र ‘सुन र पानी ’ छनौटमा परेको छ । यस अघि सम्पन्न सातौँ पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र सातौं नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा पनि उक्त चलचित्र छनौटमा परेको थियो । ‘सुन र पानी ’ चलचित्रमा कुन्दन शाक्य, संपिका गौतम, जेएलसन अधिकारी,लगायतको अभिनय रहेको छ ।
श्याम खडका निर्माता रहेको ‘सुन र पानी‘मा कार्यकारी निर्माता महेन्द्र शाक्य, र जेएलसन अधिकारी पनि निर्माताका रूपमा रहेका छन् ।


नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा परेका छन् । नेपालबाट १५ वटा चलचित्र छनौटमा परेका छन् भने नेपाल बाहिर बाट डकुमेन्ट्री फिचर तर्फ ६ डकुमेन्ट्र सर्ट तर्फ ९ फिक्सन सर्ट तर्फ १२ फिचर फिक्सन तर्फ ५ गरि४७ चलचित्र छनोटमा परेका हुन् ।

मानवअधिकारसँग सम्बन्धित चलचित्रको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको आयोजकले जनाएको छ । महोत्सव काठमाडौंस्थित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने छ । सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेको महोत्सवमा मानवअधिकार पैरवीका लागि विभिन्न अन्र्तक्रिया तथा गोष्ठी सञ्चालन हुने छ ।