काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएको छ । आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप भएको थियो । सो क्रममा रास्वपाका केहि कार्यकर्ता पक्राउ परेका छन् । यसैबीच लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ ।
नेपाल प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया