काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)ले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ः१५ बजेका लागि सारिएको थियो । उक्त समयसम्म पनि सहमति नजुटेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
आज बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएकाे हाे ।
प्रतिक्रिया