काठमाडौं। नेपाल चलचित्र कलाकार संघको ३६औं स्थापना दिवसको अवसरमा संघले गत बुधबार चलचित्र विकास बोर्डकोसभाकक्षमा चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली चलचित्रका कलाकारहरूले चलचित्रकोे प्रवद्र्धनमा सहयोग नगरेको गुनासो सुनिएको बताएकाछन् । पछिल्लो समय कलाकारहरूले आफैंले स्टार स्वघोषणा गर्ने र त्यहीअनुसारको पारिश्रमिक लिएर फिल्मरिलिजको समय प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग नगरेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्कालेबताए ।
कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि बैरागीको संयोजकत्वमा एवं संघका महासचिव सविन श्रेष्ठको सहसंयोजनमा आयोजित कार्यक्रमको प्रमुख वक्तासमेत रहेका वरिष्ठ चलचित्रकमी नीर शाहले सैद्धान्तिक रदार्शनिक दृष्टिकोणमा आधारित धारणा राखेका थिए । उनले अहिले कलाकारको विषयमा जति गुनासो आएको छ त्यसकोमुख्य कारण चलचित्रकर्मीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातल मेल नखानुको कारण भएको बताउँदै यी समस्यासैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्ने अन्यथानसक्ने भनाइ राखे ।उनले छलफलका विषय पनि सैद्धान्तिक र दार्शनिक भएकोअनुभव गरेको बताए ।
सबैभन्दा पहिले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्ने भन्दै उनले कलाकारितामा लामो यात्रा गर्दा आफूले अभिनय कला भनेकोइम्प्रेसनहरूको एक्प्रेसन हो भन्ने बुझेको बताए ।आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो त्यो त्यति राम्रो कलाकार भन्दै उनलेकुन प्रभावमा परेका त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुन सक्ने बताए ।
शाहले अहिलेको कलाकारहरूले पहिले कलाकारिता भनेको के हो ? र यसले कस्तो किसिमको जिम्मेवारी ग्रहण गर्छ ?भन्ने नबुझेको बताए । यदि उक्त कुराको ज्ञान सबैसँग भएको भए नेपाली फिल्मको प्रवद्र्धनमा निरन्तरलागिरहने उल्लेख गरे । निर्देशक र प्राविधिकहरू विदेशी भएपनि पहिलो फिल्म आमामा शिवशंकर, बसुन्धराभुसालहरूले सामाजिक यथार्थलाई बोध गरी फिल्म खेलेका कारण नेपाली फिल्मको विकासक्रम सुरु भएको र यसलेकहीँ न कहीँ चलचित्रकोे विकास र प्रवद्र्धन हुँदै आएको शाहको भनाइ थियो । कलाकारले फिल्म क्षेत्रको प्रवद्र्धन त परै जाओस्, आफूले अभिनय गरेको चलचित्रको प्रवद्र्धनमा समेत ध्यानदिन छोडेको संघसंस्थाका प्रतिनिधिहरूको आरोप छ । विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तोप्रवृत्ति हाबी रहेको उनीहरूको भनाइ थियो ।आफूहरूलाई अप्ठ्यारो पर्दा सम्झने, संघसंस्थाले केही गरेन भन्ने र कार्यक्रम वा गतिविधिमा भनेसहभागी नहुने गरेको धेरैको भनाइ थियो ।
यस्तै वरिष्ठ कलाकार बसुन्धरा भुसालले कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको बताइन् । फिल्म क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नु पर्ने पनि उनले बताइन् । चलचित्र विकास बोर्डअन्तर्गतमा रहेकोचलचित्रकर्मी कल्याणकारी कोषमा कालकारहरूको सहयोगको चासो नभएकोमा उनले दुःख व्यक्त गरिन् । ‘एउटा चलचित्रको पाँच सय दिएपनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघचाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःखलागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवद्र्धनमा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामीएकजुट भयौं भने सरकालाई दबाब दिन सक्छौ ।’’ कलाकार बसुन्धराले भनिन् ।
कार्यक्रमका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरूकोबारेमा चर्चा गरेका थिए । कलाकारहरूको क्षमता विकास, स्वास्थ्य अवस्था र पेसाकर्मीको सुरक्षा र अधिकारकोलागि संघ लाग्दै आएको उनले बताए । पछिल्लो समय सरकारलाई स्वदेशी फिल्मको प्रवद्र्धन हुने गरि राष्ट्रियचलचित्रको पक्षमा काम गर्न र कानुन निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाईनिरन्तर आह्वान र खबरदारी गर्दै आएको अध्यक्ष निरौलाले बताए ।चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आफू भर्खरै बोर्डमा आएकोले योजनाहरू बनाउने क्रममारहेको बताए । उनले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरी प्रक्रिया सुरु गरेको पनि बताए ।बहुवर्षीय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिएता पनि आफ्नै कार्यकालभित्र निर्माण सकिने गरीकाम सुरु गर्न लागेको पनि अध्यक्ष डीसीले बताए । यस्तै आफ्नो दायित्व जे हो त्यही मात्रै गर्नुपर्ने भन्दै अध्यक्षडीसीले संघसंस्थालाई सहकार्य गर्दै आफ्नो अनुकूलको गतिविधिहरू गर्न सुझाव दिए । बोर्डले पनि आफ्नो काम मात्रैगर्छ । फिल्म बनाउने, भ्यानिटी भ्यान किन्ने, पोस्ट ल्याब खोल्ने काम बोर्डको नभएको उनले बताए ।
कार्यक्रमका अवसरमा चलचित्र विकाश बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष नवलखड्का, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, द्वन्द्वकलाकार संघका अध्यक्ष नारायण प्रधानले आफ्नो भनाइ राखेका थिए । नेपाल चलचित्र कलाकार संघको ३६औं वार्षिकोत्सव गत २३ गते परेको भए पनि सो दिन ऋषि पञ्चमी परेकाकारण २६ गते संघले कार्यक्रम गरेको थियो । संघले वार्षिकोत्सवको अवसरमा २३ गते वृक्षरोपण कार्यक्रमगरेको थियो । वृक्षरोपण कार्यक्रममा अख्तियार अनुसन्धान आयोगकी आयुक्त सुमित्रा अमात्य, उज्यालोनेपालका अभियन्ता कुलमान घिसिङ अतिथिका रूपमा थिए भने पत्रकार गोबिन्द चौलागाईंको विशेष पहलमा एवंनिर्देशक लक्ष्मण सुवेदीको समन्वयमा भएको यस वृक्षरोपण कार्यक्रममा कलाकारसहित विभिन्न समुदायकोउपस्थिति रहेको कार्यक्रमको संयोजन कलाकार संघका कोषाध्यक्ष सुनील कटुवालले गरेका थिए ।
प्रतिक्रिया