काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको एक्लै बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अविनाश एसी र गायिका सज्जाको शब्द तथा संगीत रहेको छ । भिडियोमा प्रेमी बिनाको एक्लोपनको विरहको गाथालाई देखाइएको छ । भिडियोमा सज्जा स्वयम फिचर्ड छिन् ।
प्रेम ,विरहले भरिएको भिडियोको छायांकन सम्पादन , कलर निर्देशन सन्जीत घिसिगंले गरेका हुन् । सज्जा चौलागाई अफिसियल युट्युबबाट बजारमा आएको एक्लोको कन्सेप्ट नै गायिका स्वयम को हो । गायिका सज्जा चौलागाईले यसअघि ‘बालिका’ बोलको गीतको भिडियो पनि ल्याएकी थिइन् । जसमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकान्त सोनवानेको संगीत रहेको छ। अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ । भिडियोमा मुख्य रुपमा मोना घिमिरेको अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया