देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

देशान्तर

काठमाडौँ । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ ।

एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका हुन् ।

सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन् ।

उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए ।

सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गरे । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए । उनले आज लोकतन्त्रमाथि धावा नबोल्न आग्रह गर्दै आज सहज भएपनि भोलि आफैंलाई अफ्ठ्यारोमा पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे । लोकतन्त्रलाई सल्लाह गरेर मार्न खाजे जनता प्रतिवादमा सडकमा आउने चेतावनी दिए । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन्।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए।माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताए।