देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना – प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना भएको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले १० वर्षे द्वन्द्वलाई नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको उल्लेख गर्दैे देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाटबाट शान्ति प्रक्रियाको काम भएको उल्लेख गरे ।

ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताए । २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन यतिसम्म लाग्छ भन्ने महसुस नभएको भन्दै उनले आफ्नो ठाउँमा आफ्नै उपज भनेर उल्लेख गरेको स्मरण गरे ।
उनले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गरे ।