काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको बयान आज गराउँदै छ ।
झाविरुद्ध मंगलबार पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।
झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो । न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न भने अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।
दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए । त्यसबारे स्वर परीक्षण गर्न भने उनी सहमत भएका छन् ।
प्रतिक्रिया