देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूला अनियमितताको छानविन गर्न समिति बनाउन कांग्रेसले पहल गर्नु पर्छ : आचार्य

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विगतमा भएका ठूला अनियमितताको छानविन गर्न पूर्व प्रधानन्यायाधीसको नेतृत्वमा उच्च स्तरीय छानविन समिति बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय समितिको जारी बैठक बोल्ने क्रममा आचार्यले भ्रष्टचार नियन्त्रणका लागि लोकपाल विधेयको आवश्यकता रहेको भन्दै सरकारबाट हुने नीतिगत भ्रष्टचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुने सक्ने अख्तियारलाई समेत छानविन र कारबाही गर्नसक्ने गरी लोकपाल विधेयकको आवश्यकता रहेको बताए । यसैगरी आचार्यले पार्टीको संसदीय समितिले विधान उल्लंघन गरे कारबाही हुने÷नहुने बारे प्रश्न उठाएका छन् । उनले विधान बमोजित तलबाट सिफारिस भएकालाई संसदीय समितिले उम्मेदवार नबनाए उक्त समिति माथि अनुशासनको कारबाही हुन्छ कि हुँदैन? भनि प्रश्न गरेका हुन् ।
बैठकमा बोल्दै अर्का केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले श्रीलंका र बंगलादेशको नियतिबाट देशलाई जोगाउन सकिने भन्दै केही सुझाव प्रस्तुत गरे । बैठकमा उनले पार्टीको आर्थिक दृष्टिकोण अस्पष्ट भएको बताए । चौधरीले निराश रहेको निजी क्षेत्रको नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाउने हो कि भन्ने चिन्ता समेत व्यक्त गरे ।