काठमाडौं । संसदीय समितिमा मिडिया काउन्सिल विधेयक, २०८० को नाम आमसञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको छ ।
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मंगलबार भएको विधेयकमाथिको दफावार छलफलमा त्यसको नाम आमसञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो ।
समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नेपालीकरण गर्न प्रस्ताव गरेका थिए । समितिका सभापति जयन्तीदेवी राईले विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको घोषणा गरेकी थिइन् । विधेयकका विषयवस्तु भने परिवर्तन नहुने बताइएको छ ।
प्रतिक्रिया