काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्को आउँदो बैठकमा प्रस्तुत गर्ने गरी छलफल गर्न आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले प्रतिनिधिसभाको आगामी बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरी अघि बढ्न आग्रह गरेका हुन् ।
उनले केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा सहमति खोज्न आफू गम्भीर भएर लाग्ने बताए ।
विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुंगो लगाउन उनले सुझाव दिए ।
प्रतिक्रिया