देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेका सात प्रदेशका इन्चार्ज तोकिए

देशान्तर

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले इन्चार्ज तोकेको हो । 

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र  सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । 

पार्टी सचिवालय बैठकले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरेको छ । तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो । यस्तै, एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ ।

सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले बताए ।