देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालिकोटको पलाँतामा फेरी निर्माणमा चरम भ्रष्टाचार

देशान्तर

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकास्थित घाटाचौरमा कर्णाली नदीमा फेरी निर्माणमा चरम भ्रष्टाचार भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷७८ को बजेटबाट उक्त स्थानमा फेरी निर्माणका लागि १ करोड रकम विनियोजन गरेको थियो । हालसम्म आधाभन्दा बढी रकम निकासा भईसकेको छ भने पलाँता मल्टि प्रडक्ट एण्ड कन्स्ट्रक्सन प्रालिको नाममा फेरी निर्माणका लागि गठित उपभोक्ता समितिले ३१ लाख भन्दा बढी भुक्तानी गरिसकेको छ तर फेरी निर्माणमा चरम लापरवाही देखिएको छ ।

फेरी निर्माण गर्ने भनिएको स्थानमा ५ लाख बराबरको काम पनि भएको देखिदैंन । यसरी फेरी निर्माणमा भएको चरम भ्रष्टाचारमा सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको छैन । फेरी निर्माणमा सम्भौता अनुसार काम नभईरहेको अवस्थामा पनि पलाँता गाउँपालिकाका पदाधिकारीहरु मौन बसेका छन् । घाटाचौरस्थित कर्णाली नदीमा फेरी निर्माणमा गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि स्थानीय बासिन्दाहरु निकै खुशी थिए तर बर्षौं बितिसक्दा पनि फेरी निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय बासिन्दाहरु निराश छन् । नदी तर्ने कुनै माध्यम नहुँदा स्थानीय बासिन्दालाई आवतजावत तथा सामान ढुवानीमा समस्या हुँदै आएको छ ।

पुल बनाउन ठूलो खर्च तथा लामो समय पनि लाग्ने भएकाले तत्कालका लागि स्थानीय बासिन्दालाई आवतजावत सहज बनाउन फेरी निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । तर बर्षौ बितिसक्दा पनि फेरी निर्माणमा देखिएको ढिलासुस्तीले स्थानीय बासिन्दाहरु आक्रोशित देखिएका छन् । फेरी निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ । अख्तियारले पनि यसबारेमा अनुसन्धान जारी राखेको बताइएको छ