काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय प्रवेश गर्दा स्वस्तिवाचन गराइएको छ । शपथलगत्तै पार्टी कार्यालय र सहिद स्मारक लैनचौर पुगेपछि ओली प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
उनलाई त्यहाँ प्रधानमन्त्री कार्यालयका कर्मचारीले स्वस्तिवाचनसहित फूलमालाले स्वागत गरेका थिए ।
ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी करिब ३ बजेमात्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन् । उनलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।
प्रतिक्रिया