काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पछिल्लो राजनीतिक अवस्था र सरकारमा जाने मन्त्रीहरुका बारे छलफल गरेको छ । छलफलमा आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको संस्थापन इतर पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय गरेको हो ।
बैठकमा कोइराला , थापा सहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।
प्रतिक्रिया