देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फूटेको जसपाले ‘प्रचण्ड’लाई विश्वासको मत नदिने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै छन् । बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा बन्ने नयाँ सरकार निर्माणलाई सहयोग गर्ने निर्णय पनि गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।