देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार – ओवादीको निष्कर्ष

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ । 

बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।

उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।

पाण्डेले भने- ‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड’ ले ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताए ।

बैठकपछि प्रमुख सचेतक पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद थालेको भनी बाहिर आएका समाचार गलत भएको प्रधानमन्त्रीले बताएको सञ्चारकर्मीलाई जानकारी गराए । १७ गते ३ घण्टासम्म भएको कुराकानीमा सरकारको कामलाई सकारात्मक ढंगले अघि बढाउने सहमति भएको भएपनि देउवासँग गएर सहमति गरेको प्रधानमन्त्रीले बैठकमा बताएका छन् ।