देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढी पहिरोको क्षति बारे संसदमा जानकारी दिन लेखकको माग

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षति बारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन् । उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्‍यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने चाहन्छु।’कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारका मन्त्रीहरू सदनमा नआएकोप्रति असन्तुष्टि जनाएको छ।