काठमाडौं । प्रभु बैंक र T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner बीच विशेष छूट सम्झौता भएको छ ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा टी थ्री थकाली ग्रूप प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल नजिकै अवस्थित ती रेष्टुरेन्टमा बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।
प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।
प्रतिक्रिया