देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार एनबीको विमानस्थलप्रति गुनासो

देशान्तर


काठमाडौं । झन्डै आठ वर्षको अमेरिकाको बसाइपछि परिवार भेट्न नेपाल फर्केका गीतकार एनबी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीको व्यवहारप्रति गुनासो गरेका छन् ।
अघिल्लो शुक्रबार कतारी एअरवेजबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका एनबीले त्यहाँ सुरक्षामा खटिएका प्रहरी र विमानस्थलका कर्मचारीले दुःख दिएको र अशिष्ट व्यवहार गरेको दुःखेसो पोखेका हुन् ।


अधिकारीले देशान्तरसँग भने आठ वर्षपछि मातृभूमि टेकेको थिए— खुसी थिए, तर विमानस्थलमा मप्रति गरिएको व्यवहारले साह्रै चित्त दुःखेको छ । उनले त्यहाँका कर्मचारीहरूको व्यवहारप्रति आफू आक्रोशित बनेको पनि बताए । अनावश्यक रूपमा सास्ती दिएपछि आफू आक्रोशित भएको र त्यसक्रममा आफूले अमेरिकामा बनाएको र घाँटी लगाएर आएको सिक्रीको राजस्व तिराउन बाध्य पारेको उनको गुनासो छ । गहनाका रूपमा किनेर बिलसहित ल्याएको सिक्रीमा नियमअनुसार पाउने छुट पाउनुपर्ने र लाग्ने राजस्व तिर्न आफू राजी भएपनि दुःख दिने मनशायले व्यवहार गरेको अधिकारीको भनाइ छ ।
४३ ग्राम तौल रहेको पुरानो सिक्रीको ८७ हजार ८ सय ४८ रुपैयाँ राजस्व तिरेर पाँच दिनपछि भन्सारबाट निकालेको उनले बताए । उनले विदेशबाट आउने नेपालीलाई विमानस्थलमा दुःख दिने काम अन्त्य गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिन र अनुगमन गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् ।