काठमाडौं। प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरुले कर्मचारी परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त समारोहमा महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सर बिशेषज्ञ डा .प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर बिशेषज्ञ डा. अनु बज्राचार्यले यस बारे प्रकाश पारेका थिए ।
“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । साथै प्रभु बैँक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
प्रतिक्रिया