देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोवल आइएमई लाई विभिन्न अवार्ड

देशान्तर


काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा उत्कृष्टताका आधारमा विभिन्न अवार्डहरु जितेको छ । सम्पूर्ण नेपालीहरुमाझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूलनारा सहित २०६३ सालमा स्थापना भएको नेपालीहरुको बैंक ग्लोबल आइएमई ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।


यसैगरी ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । यसैगरी इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई इक्राएनपी–आईआर ए प्रदान गरेको छ । यस अघि लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो ।
ग्लोबल आइएमई बैंक बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था पनि बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपियाँ कर दाखिला गरेको थियो ।
ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठुलो वित्तीय संस्थाको रुपमा बैंकिङ्ग क्षेत्रलाई नेत्तृत्वदायी भुमिका निर्वाह गर्दै आईरहेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकलाई विश्वको उत्कृष्ट १,००० बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् ।