देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसकै बीचमा गठबन्धन भए कुनै पार्टीले हराउन सक्दैन : शेखर कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनेल यस्तो बताएका हुन् । उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबीच गठबन्धन हुने गरेको भए पनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे ।

उनले घात अन्तर्घात हुने भनेर राजनीतिक दलहरूको बीचमा गठबन्धन भैरहेको तर नेपाली कांग्रेस आफैँ सक्षम भएकाले नेपाली कांग्रेसको बीचमा गबठन्धन गर्ने हो भने कुनै पनि शक्तिले हराउन नसक्ने बताए । उनले अन्य दलहरूसँग गठबन्धन गर्नै नपर्ने पनि बताए ।