देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

देशान्तर

काठमाडौं । सैनिक अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ । मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय सैनिक अदालतले गरेको हो ।


मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए । उनको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि उनलाई न्युयोर्कबाट बोलाइएको थियो ।
मल्लको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि काठमाडौं आएलगत्तै गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो । । छानबिन प्रतिवेदनका आधारमा सैनिक अदालतले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।