काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको आजको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेका छन् । मन्त्रालयको ब्रिफिङ अनुसार १९ मध्ये २ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता भैसकेको पाइएको छ । अब १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा समितिले सहकारी विभागका तर्फबाट जानकारी लिइको छ । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने समितिको तयारी छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते सात सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
समितिको अर्को बैठक भोलि बस्नसक्ने छ ।
प्रतिक्रिया