देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री सिंह सहित १४ मन्त्रीले ले लिए शपथ

देशान्तर

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह सहित १४ मन्त्रीले ले शपथ लिएका छन् । शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंह सहित मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मधेस प्रदेसमा अर्थमन्त्रीमा भरतप्रसाद शाह, उद्योग, वाणिज्य र पर्यटनमन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, भूमि व्यवस्थामन्त्रीमा गोविन्दबहादुर न्यौपाने, शिक्षामन्त्रीमा राजकुमार लेखीले शपथ लिएका हुन् ।
त्यस्तै, स्वास्थ्यमन्त्रीमा शत्रुघनप्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुदमन्त्रीमा प्रमोदकुमार जयसवालले शपथ लिएका छन् भने गृह, सञ्चार तथा कानुनमन्त्रीमा विमला अंसारी, श्रम तथा यातायातमन्त्रीमा उर्मिला चौधरीले शपथ लिएका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हाल्ने छन् ।

जनमत पार्टीका सांसद सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार नै मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।