देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नासरलाई हराउँदै हिलालले जित्यो किंग्स कप

देशान्तर

साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ ।

शुक्रबार राति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासरलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो । हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासरका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको हो । 

खेल सुुरु भएको सातौं मिनेटमा हिलालका लागि एलेक्सान्दर मित्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । 

५६ औं मिनेटमा अल नासररका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । 

८७ औं मिनेटमा हिलालका अली अल बुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए ।

८८ औं मिनेटमा नासररका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो ।

९० औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटिन पुगेको थियो । उसका कालीडो कोलीबाली दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर, टाइब्रेकर हुँदै सडन डेथमा हिलालले बाजीमार्न सफल भयो । 

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासरेर अल दासरीले गोल गर्दा अल नासररका रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे । 

किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ ।