देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल उत्तर कोरिया हैन, सही प्रतिवाद गर्ने छुट कांग्रेससँग छ – महामन्त्री शर्मा

देशान्तर

काठमाडौं । बूढानिलकण्ठमा भएको पार्टी नेताहरुको बैठकपछि नेपाली कांग्रेसका नेताहरू बालुवाटारतर्फ लागेका छन् ।
पार्टी उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री जीवन परियार बालुवाटार गएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा बोलाएकाले जान लागिएको सहमहामन्त्री परियारले जानकारी दिएका छन् ।
बैठकमा पार्टीका सभापति, पदाधिकारी र पूर्वपदाधिकारीलाई बिहान बालुवाटारमा भएको छलफलबारे जानकारी गराइएको थियो । अहिले बस्ने बैठकमा सहकारी प्रकरणबारे आफूहरूले राखेको माग दोहो¥याउने परियारले बताए ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेट प्रकरणमा कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्ने छुट आफूहरूसँग रहेको प्रतिकृया दिएका छन् । पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेससँग रहेको र यो उत्तर कोरिया नभएको प्रतिकृया दिएका हुन् ।
सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेपछि ओलीलाई कांग्रेसमाथि हुँदै नभएको आरोप लगाएपछि कांग्रेसले तथ्यसहित प्रतिवाद गरेको उनले प्रष्ट पारे।
यस अघि एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले र एमालेका अध्यक्ष ओलीमाथि लगाएको यो आरोपप्रति लिखित रूपमा माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए।