काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताएका छन् । नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस ईकाइले किर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
उनले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएकाले कांग्रेसले जनताको समस्या सडक र सदनमा उठाएको बताए । नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् । नेता कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने भन्दै सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनिकन अगाडि बढ्न खोजेको बताए ।
प्रतिक्रिया