देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्मृति -विनोद दीक्षित सरल कुमार



मैले ठानेको थिएँ, विनोदको वर्ष दिन भइसक्यो । त्यही ठानेको समयमा विनोदको चीलगाडी कथा संग्रहलाई सम्झँदै, त्यस सन्दभमा उनको कथाकारिता र उनीलाई पनि सम्झेको थिएँ ।
वर्षी त अब पो रहेछ । मान्छेको संगत छुटेपछि दिनको गन्ती गरिन्न । तर सम्झिने एक अवसर भने हो ।
आज म विनोदका केही लेख्न चाहन्छु । विनोद सरल किसिमको व्यक्तित्व भएका मानिस हुन् । त्यसै कारणले होला, उनले धेरै अगिदेखि आफ्नो साहित्यिक नाउँ सरल कुमार राखेका थिए । केही रचना उपनामले पनि लेखे । तर सरलकुमार होइन विनोद दीक्षितकै नाउँले लेखे । विनोद चाँडो खुसी हुन्थे । सानो कुरामा चित्त पनि दुखाउँथे । तर चित्त दुखाए पनि उनी चाँडो सम्झौताको धरातलमा पनि आउँथे । तनावमा बस्न उनीलाई मन पर्दैन थियो ।
एक पटक एक साहित्यकार उनीसित असन्तुष्ट भए । सम्पर्क छाडेँ । ए बाबा मेरो गल्ती त मलाई बताइदेऊ अनि त्यो अनुसार म गरुँला । तर अन्त्यसम्म कुरो बनेन । त्यसबाहेक पनि मिलेको भए म भन्न सक्दिनँ ।
म एसएलसीमा सब्लिमेन्टरीमा पास भएको थिएँ । विनोदले पनि एउटै वर्ष एसएलसी दिएका थिए । म र विनोद दुवैले आफ्नो कलेजको पढाइ नेसनल कलेजबाट थालेका थियौं । तर भिन्नाभिन्न समयमा । म अलिक अगि थिए । उनी किन पछि भए म भन्न सक्दिनँ ।
उनी हर किसिमको विद्यामा हात हाल्न चाहन्थे । एकपटक नेसनल कलेजको ‘द स्ट्राइफ’नामक नाटक अंग्रेजीमा खेल्ने योजना ग¥यो । स्टाइफ जन गल्सपर्दीको रचना थियो । जुन म बीएमा पढ्दथे । यिनै जन गल्सपर्दीले पेन इन्टरनेसनलको स्थापना गरेका हुन् । त्यसै अन्तर्गत हामीले पिन नेपाल नामक संस्था यहाँ स्थापना गरेका थियौँ । पछि विनोद पनि पिनका सदस्य भएर त्यसैअन्तर्गत उनी विदेश भ्रमण गरेर पनि आएका थिए ।
स्टाइफ नाटक हेर्न गएँ । त्यसमा विनोदले पनि अभिनय गरेका थिए, सायद मगलिव वर्गको कुनै पात्रको दाह्री लगाएर पेट अलि ठूलो बनाएर, आफ्नो आवाजलाई अलि गह्रुँ बनाएर उनी अभिनय गरिरहेका थियो । उनको यो पक्ष भने पछि देख्न पाइएन । तर कुनै कुनै फङ्सनमा स्टेजमा उनी नाच्दथे, यो मैले देखेको छु ।
विनोद मैले देख्दा एक बहुमखी व्यक्तित्वका व्यक्ति हुन् । उनले कविता लेखे, कथा लेखे, लेख लेखे, पत्रिका गरेर शिक्षण गरे, भ्रमणहरू गरे, संस्मरण लेखे, धेरै चीज गरे । साथीभाइ बनाए मैले त्यति साथीभाइ बनाउन सकिनँ, जति उनले बनाए ।
एउटा कुरा भने हो, उनले जति साथीभाइ बनाए, ती सबमा सबैभन्दा पुरानो साथी नै हुँ । २००८ सालदेखिको अरु साथी कोही भएजस्तो लाग्दैन मलाई ।
बीचमा हाम्रो मित्रताका कारण संकट आयो, तर विनोदकै कारण, अन्तरालपछि त्यो मिल्यो पनि । एकपटक मेरो कोरिया जाने निम्तो थियो । विनोद पत्रकारका नाताले टिकट लिन त सफल भए । मलाई त्यति जान मन थिएन । विनोदकै जोडले गएँ । मैले सोचे– ‘टिकटले मात्र पुग्दैन तिमीलाई निम्तो छैन, बस्ने कसरी त?’ उनले भने– हिँड न हिँड शान्तसँग मिलाउँला ।’ शान्तबहादुर मल्ल, विजय मल्लका भतिजा हुन् । उनी शारदा पत्रिकाका प्रमुख थिए । उनैले मेरो अलिखितको अंग्रेजी अनुवाद रिटनछापेका थिए । उनी अनरिटेन लिएर जाने भएका थिए ।
दक्षिण कोरिया जान त गइयो, कन्फ्रेन्समा, जानासाथ समस्या पनि हाल्यो । होटल भन्छ, त आमन्त्रित होइनस् रुम ध्रुवचन्द्रका नाउँमा मात्र बुकछ, त्यस कारण त बस्न पाउँदैनन । विनोद त पर्ने भए अलपत्र । अन्त्यमा मैले आफ्नो रुममा मिलाउने गरी रिक्वेन्ट गरेपछि विनोद अकोमोडेट भए । म सोच्छु, मेरो रिक्वेस्ट तिनले नमानेको भए के हुन्थ्यो ? विनोद त्यति आँटिला थिए । उनका ठाउँमा म भएको भए म त्यसरी रिक्समा जाने आँट गर्न सक्दिनथिएँ ।
विराटनगरमा २०२७ मा तीनदिने सेमिनार थियो ।मलाई त्यसमा ठ्याम्मै जान मन थिएन । केवल विनोदले आग्रह गरेर गएको थिएँ ।
विनोदको एउटा गुनछ मलाई । एकेडेमीमा मलाई माडसापले नै लगेको हो । तर त्यसमा मोटिभेसनल फोर्स विनोद नै थिएँ । सारांश के भने विनोद दीक्षित नभएको भए म एकेडेमीमा हुन्नथिएँ ।
विनोदलाई कहिलेकाहीँ सानो कुराले पनि प्रभावित गर्दथ्यो । एक पटक म विराटनगर जाँदा विनोद नरेको पसलबाट त्यति प्रभावित थिए कि म पुग्नासाथ नरेको पसलमा जाँदा सुरुमा के ल्याउँछ र पछिसम्म के हुन्छ, सब डिटेलमा बताए । हरेक दिन भन्थे–भरे नरेमा जाने होइन ? मैले विनोदसँग अन्तिम पेय लिएको ल्बडी मेरी हो ल्बडी मेरी विनोद पनि राम्रो बनाउँथे । एकपटक आउटिङमा उनले विधिपूर्वक स्वादिष्ट ल्बडीमेरी बनाएर ख्वाएका थिए ।
त्यसपछि विनोदसँग पेय भएन । उनले छाडेका थिए ।
फोनमा कुरा हुन्थ्यो, बढी रोग र महँगामहँगा आयुर्वेदिक औषधि खाएको कुरा गर्थे ।
विनोदसँग परिवारिक भेट, उनकै घरमा भएको थियो । हामीले त केही लियौं, तर विनोदले थोपै लिएनन् । गीत आदिको मेहफिल भने चलिरह्यो । एउटा पुरानो कुरा । विनोदको विवाहमा केटी हेर्न भनेर विनोद र म गएका थियौं, कीर्तिपुरसम्म विनिता सायद फाइनल इयरमा थिइन् ।
पछि म र सूर्यनाथ भएर विनोदलाई सही केटी भनेर सल्लाह दिएका थियौं । पछि अर्थात् यता आएर स्वयं विनिताको अत्यन्त प्रशंसक भएका थिए । विनितालाई अर्कै पाकिस्तानी सिरियलको शोख छ, भन्दथे ।
एक अन्तिम कुरा । एसएलसीमा फेल भए । पछि म आफ्नो अन्य डिटेल हेर्न भनेर परीक्षा नियन्त्रण केन्द्रमा गएँ । त्यहाँ हेर्न जाँदा आफ्नो त जुन लिनु थियो, लिएँ । फेल हुने नाउँहरूमा विनोदको नाउँ पनि देखेँ, जुन उसले भनेकै थिएन । उसले पनि सप्लिमेन्टरी नै गरेका रहेछन् । यो कुरा पछि विनोदलाई भनेँ । उनी मुसुमुसु हाँस्दै बसिरहे ।
जे होस्, विनोदलाई आज अन्य किसिमले सम्झिन पाएँ । उनको व्यक्तित्वलाई म यसरी सम्झन चाहन्छुः विनोद दीक्षित सरल कुमार ।