देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउने

देशान्तर

काठमाडौं । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । संसद अधिवेशन संचालन नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले ल्याएको अध्यादेश ६ महिना भित्र संसदमा पेश नगरेमा स्वतः निष्कृय हुने कानुनी व्यवस्था रहेको छ । सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

यसैगरी सरकारले मधु मरासिनीलाई अर्थसचिवमा ल्याएको छ । मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको हो ।

मन्त्रिपरिषद्को बैठकले मंलगलबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।