देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र भारतबीच पराराष्ट्र सचिवस्तरीय छलफल हुने

देशान्तर

काठमाडौं । आगामी फागुन १६ र १७ गते नेपाल र भारतबीच पराराष्ट्र सचिवस्तरीय छलफल हुने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयकी सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् ।

बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै, सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरूण जलविद्युत्‌सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार संवेदनशील रहेको बताएकी छन् । शर्माले कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गने प्रयास गरेको बताइन् ।अहिले पनि सरकारले सम्वाद थालिसकेको र सीडीओ कार्यालयमा समिति बनाएर सम्बोधन गर्ने प्रयत्न भइरहेको भन्दै उनले भनिन्, ‘यहाँ आएर दुःख पाउनुभन्दा सम्वन्धित ठाउँमा जानुपर्छ ।’