काठमाडौं । इलाम–२ र बझाङ–१ मा वैशाख १५ मा उप निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा उपचुनाव गराउने निर्णय गरेको हो ।
इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए ।
सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै,नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।
प्रतिक्रिया