देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निमित्त उपकुलपतिले गरेका पदाधिकारीको नियुक्ति खारेज गर्न माग

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपतिले गरेका पछिल्ला पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरेका छन् ।

निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसालले सहायक डीनलगायत हालै नौ पदाधिकारी नियुक्त गरेका छन् । सांसद सुमना श्रेष्ठले तीन महिनाका लागि नियुक्त गरिएका निमित्त भीसीले कुन कानुनमा टेकेर पदाधिकारी नियुक्ति गरेको भनेर प्रश्न गरिन । उनले प्रतिस्पर्धाका लागि पनि उनि कसरी योग्य भए भनेर थप प्रश्न गरिन् ।

जवाफमा शिक्षासचिव सुरेश अधिकारीले अरू चार विश्वविद्यालयमा पदाधिकारी नियुक्त नगर्न निर्देशन दिइएको जानकारी गराए । त्रिविको विषय भर्खरको घटना भएकाले यसबारे छलफल नभएको उनले उल्लेख गरे । शिक्षामन्त्री काठमाडौंबाहिर रहेकाले फर्किएपछि यसबारे थप छलफल गरिने उनले जवाफ दिए । त्रिविमा नयाँ उपकुलपति छनोटका निम्ति १४ जना ‘सर्ट लिस्टेड’ गरिएका छन् । उनीहरूमध्ये अबको प्रक्रियाबाट सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।