देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण

देशान्तर

काठमाडौं । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।  जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो । 

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्निपर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ। जापानको अन्तरिक्ष एजेन्सी स्लिमले  आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ। बिविसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर चिनिने आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको जनाएको उल्लेख गरेको छ।