देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी जलवायु दूत केरी पदबाट राजीनामा दिने तयारीमा

देशान्तर


काठमाडौं । अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् । पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका थिए । एक्जिओसले केरीले राजीनामा दिने तयारी गरेको र बाइडेनको अभियानमा सामेल हुन चाहेको सबैभन्दा पहिले जानकारी गराएको थियो ।

बाइडेन प्रशासनमा सामेल हुनुअघि केरीले जलवायुसम्बन्धी विषयमा लामो समयदेखि काम गरेका थिए । सन् २०१५ मा करिब २०० राष्ट्रले स्वीकार गरेको जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको पेरिस सम्झौताको वार्तामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सन् २०१९ मा केरीले जलवायु सङ्कटसँग जुध्न विश्वका नेता र सेलिब्रेटीहरूको द्विपक्षीय पहलको लागि विशेष भूमिका खेलेका थिए ।

उनि सन् १९८४ मा म्यासाचुसेट्सको प्रतिनिधित्व गर्न सिनेटमा पहिलो पटक निर्वाचित भएका थिए र गभर्नर माइकल डुकाकिसको नेतृत्वमा राज्यको लेफ्टिनेन्ट गभर्नरको रूपमा सेवा गरेका थिए । सन् २००४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग पराजित हुनुअघि केरीले डेमाक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी मनोनयन गराएका थिए ।