काठमाडौं । यमनका हुथी विद्रोहीलाई लक्षित गर्दै अमेरिका र बेलायतले फेरि हवाई हमला गरेका छन् ।
लाल सागरमा हुथीहरूको बढ्दो आक्रमणको जवाफमा, ब्रिटिश र अमेरिकी सेनाले बिहीबारबाट आक्रमण सुरु गरेका हुन् ।
शुक्रबार राति फेरि दुवै देशका सेनाले यमनमा बमबारी गरेका छन् । अमेरिकी सेनाले यमनमा हुथीहरूलाई लक्षित गर्न धेरै खतरनाक हतियारहरू प्रयोग गरेको बताइएको छ । यसमा टमाहक मिसाइल, जेट र रिपर ड्रोन पनि समावेश गरिएका छन् ।
अमेरिकी अधिकारीहरूले शुक्रबार यमनका विभिन्न स्थानहरूमा हुथीहरूको रेड सी जहाजमा आक्रमण गर्ने क्षमतालाई कम गर्नका लागि आक्रमण सुरु गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
यी आक्रमणहरू लडाकू विमान र टोमाहक मिसाइलहरूद्वारा गरिएका थिए। जसमा हुथी पोष्टलाई निशाना बनाइएको थियो ।
मध्यरातको अँध्यारोमा, अमेरिकी सेनाले आरएएफ टाइफुन्स र यूएस एफ (३५ लाइटनिङ स्टेल्थ जेटहरूसँग मिलेर हुथी स्थानहरूमा आक्रमण गरेका हुन् ।
अमेरिकी युद्धपोतले घातक १ हजार पाउण्ड मिसाइल प्रहार गरेको जनाइएको छ । टोमाहक मिसाइलहरू यमनको राजधानी साना र हुथीको रेड सी बन्दरगाह धमार र सादाको गढ रहेको होडेडाहमा आक्रमण गर्न प्रयोग गरिएको थियो ।
प्रतिक्रिया