काठमाडौं । पाँच बुँदे माग राखेर आन्दोलनमा रहेका डा. गोविन्द केसी फेरि पक्राउ परेका छन् ।
उनी माइतीघरबाट पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यसअघि पनि उनीसहितका अभियन्ताहरु त्यही स्थानबाट पक्राउ परेका थिए । उनलाई आज पनि पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।
प्रतिक्रिया