काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा जनवरी १४ देखि सुरु हुने मणिपुरदेखि मुम्बईसम्मको यात्राको नाम परिवर्तन गरिएको छ । अब यसलाई ‘भारत जोडो न्याय यात्रा’ भनेर नाम राखिएको छ ।
यात्रा अरुणाचल प्रदेश सहित १५ राज्य हुँदै जानेछ । दिल्लीस्थित कांग्रेस मुख्यालयमा पार्टी प्रमुख मल्लिकार्जुन खर्गेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसमा पार्टी महासचिव, प्रदेश प्रभारी, प्रदेश इकाई प्रमुख र कांग्रेस विधायक दलका नेताहरुको उपस्थिति रहेको थियो । बैठकपछि कांग्रेस महासचिव जयराम रमेशले ‘भारत न्याय यात्रा’ को ठाउँमा ‘भारत जोडो न्याय यात्रा राखिएको जानकारी दिए ।
जयराम रमेशले कांग्रेसले सबै भारतीय नेताहरूलाई यो यात्रामा सहभागी हुन आमन्त्रित गरेको बताउँदै सहभागि हुनका लागि औपचारिक निमन्त्रणा पठाउने बताए ।
उनले ६ हजार ७१३ किलोमिटरभन्दा बढीको यात्रा बस र पैदल यात्रा गर्ने बताए । यसमा ११० जिल्ला, लगभग १०० लोकसभा सीट र ३३७ विधानसभा क्षेत्रहरू समावेश हुनेछन् । उनले कन्याकुमारीदेखि कश्मीरसम्मको भारत जोडो यात्रा जत्तिकै राजनीतिमा परिवर्तनकारी साबित हुने दाबी पनि गरेका छन् ।
प्रतिक्रिया